१७९) जबसम्म अल्लाहले अपवित्रलाई पवित्रबाट अलग गर्दैन, मोमिनहरूलाई यस अवस्थामा जसमा कि तिमी छौ, कहिल्यै रहन दिने छैन । अल्लाहले तिमीलाई अदृश्य कुराबाट पनि अवगत गराउँदैन । (तर) हो, अल्लाहले आफ्ना रसूलहरूमध्ये जसलाई चाहन्छ रोज्दछ । तसर्थ तिमीले अल्लाह र उसका रसूलहरूमाथि आस्था राख, यदि आस्था राख्दछौ र आत्मसंयमी हुन्छौ भने त्यसको ठूलो प्रतिफल प्राप्त गर्ने छौ ।