६७) प्रत्येक समुदायको निम्ति हामीले उपासनाको एउटा रीति (पद्धति) निर्धारित गरिसकेका छौं जसको पालना उनीहरूले गर्दछन् । तसर्थ यिनीहरूले तपाईसित यस कुरामा झगडा नगरुन् र तपाईले (मानिसहरूलाई) आफ्नो पालनकर्तातिर बोलाउँदै गर्नु , निःसन्देह तिमी सोझो मार्गमा छौ ।