८९) र, जब तिनीतिर अल्लाहको तर्फबाट एउटा किताब (कुरआन) जो उनको किताबलाई सत्य बताउने आयो, जबकि पहिला यिनी स्वय्म त्यसको माध्यमबाट अनास्थावानहरूमाथि विजय हासिल गर्न चाहन्थे, तर जब त्यो आयो त त्यसलाई चिन्हिसकेपछि त्यसलाई फेरि इन्कार गर्न थाले अतः अल्लाहको अभिशाप हुनेछ अनास्थावानहरूमाथि ।