२४९) (तसर्थ) जब ‘‘तालूत’’ आफ्ना सेनाहरूलाई लिएर प्रस्थान गर्नुभयो, तब उनले भने, सुन अल्लाहले एउटा नहर (खोला)बाट तिम्रो परीक्षा गर्नेछ, जुन मानिस त्यसबाट पानी पिउँछ त्यो मेरो होइन र जसले पिउँदैन त्यो मेरो हो । हो, यदि कसैले एक अञ्जुली मात्र पिउँछ (भने त्यो क्षम्य छ) तर केही मानिसहरू बाहेक सबैले पानी पिइहाले । जब ‘‘तालूत’’ र उनको साथमा अन्य सबै नहर पारी पुगे, त तिनीहरूले भन्नथाले कि आज हामीमा जालूत र उसको सेनासंग लड्न शक्ति छैन । तर अल्लाहको अगाडि उपस्थित हुनुमा आस्था राख्नेहरूले भन्नथाले कि कहिले काहीं सानो छोटो टुक्डीले पनि अल्लाहको आदेशबाट ठूलो समूहमाथि विजय प्राप्त गर्दछन्, र अल्लाह सहनशीलहरूसँग छ ।