२०३) र अल्लाहको स्मरण गर, गणनाका दिनहरूमा (तीन दिन) । यदि कसैले छिटो गर्दछ (र) दुई (एघार, बाह्र) दिनमै हिंडिहाल्छ भने त्यसलाई कुनै गुनाह (पाप) छैन । र जो पछि (तेह्र तारिखसम्म) बसिरहन्छन्, तिनीमाथि पनि कुनै गुनाह छैन, यी त्यो मानिसको लागि हुन् जो परहेजगार होस् । अल्लाहसित डर्दै गर, र जानिराख तिमीहरू उसैछेउ जम्मा गरिने छौ ।