१७७) तिमीहरू अफनो मुहार पूर्व र पश्चिमतर्फ गर्दैमा कुनै पुण्यकार्य छैन, अपितु असल धर्मी त्यो हो जसले अल्लाह, कयामत, फरिश्ताहरू, अल्लाहको किताब र पैगम्बरहरूमाथि आस्था राख्दछन्, र जसले सम्पति प्रतिको मायाको बावजूद (त्यसबाट) नातेदार, अनाथ, निःसहाय, यात्रु र भिखारीहरूलाई प्रदान गर्दछ र दासहरूलाई मुक्त गराउनमा खर्च गर्दछ, र नियमित नमाज पढद्छ र जकात दिन्छ, र दिएको वचन पुरा गर्दछ । गरीबी दुःख र युद्धको बेला धैर्य राख्दछ । यिनै सच्चा र असल मानिसहरू हुन् ।