१७०) र जब तिनीहरूलाई भनिन्छ कि अल्लाहले उतारेको किताबको अनुशरण गर, त उत्तर दिन्छन् कि (होइन), बरु हामीले त्यसको अनुशरण गर्छौ, जसका हाम्रा पूर्वजहरूले अनुशरण गरेका थिए, यद्यपि तिनका पूर्वजहरू महाअज्ञानी र सही बाटोमा नहिंड्ने भएतापनि तिनीहरू उनीहरूकै अनुशरण गर्नेछन् ?