१३६) हे मुस्लिमहरू ! तिमीहरू सबैले भनिदेऊ कि हामी अल्लाहमाथि, र जुन किताब हामीतिर उतारियो, र जुन (ग्रन्थहरू) इब्राहीम, इस्माईल, इस्हाक, यअ्कूब र उनका सन्ततिहरूलाई प्रदान गरियो, तिनीमाथि र जुन मूसा र ईसालाई प्रदान गरियो र जुन अन्य पैगम्बरहरूलाई तिनका पालनकर्ताबाट प्रदान गरिए, तिनीमाथि सम्पूर्ण आस्था राख्दछौं । हामीले ती पैगम्बरहरूमा कुनै भेदभाव गर्दैनौं र हामी उही एक अल्लाहका आदेश पालन गर्नेहरू हौं ।