१३३) के यअ्कूब परलोक हुने बेला तिमी त्यहाँ उपस्थित थियौ ? जब उनले आफ्ना सन्तानहरूसित सोधे कि म पछि तिमीहरू कसको भक्ति गर्नेछौं, तब तिनीहरूले भने कि तपाईको पालनहार, र तपार्ईका पुर्खा, इब्राहीम र इस्माईल र इस्हाकको पलनहारको भक्ति गर्नेछौं, जो एउटै छ र हामी उसैका आज्ञाकारी रहने छौं ।