१२६) र जब इब्राहीमले प्रार्थना गरे कि हे पालनहार ! यस ठाउँलाई शान्तिको नगर बनाइदेऊ र यसका वासिन्दाहरू जो अल्लाहमाथि र आखिरतको दिनमाथि आस्था राख्ने छन्, तिनीहरूलाई खानको निम्ति फलफूलको आहार प्रदान गर, तब अल्लाहले भन्यो कि मैले अनास्थावानहरूलाई पनि केही लाभ प्रदान गर्नेछु, फेरि तिनलाई आगोको सजाय भोग्नका लागि विवश गरिदिन्छु, जानुपर्ने यो अत्यन्त नराम्रो ठाउँ हो ।