२८५) (हाम्रा) रसूलले त्यस कुरामा ईमान ल्याउनु भयो जुन उनीमाथि अल्लाहको तर्फबाट उतारियो र मोमिनहरूले पनि ईमान ल्याए, यिनीहरूसबै अल्लाह, उसका फरिश्ताहरू, उसका किताबहरू र उसका पैगम्बरहरूमाथि ईमान ल्याए । हामी उसका पैगम्बरहरूमध्ये कसैको बीच भेदभावको व्यवहार गर्दैनौं, उनीहरूले भने कि हामीले सुन्यौ र मान्यौ हामीले क्षमाको लागि प्रार्थना गर्दछौं । हे पालनकर्ता ! र तिमी छेउ नै फर्केर जानु छ ।