२५५) अल्लाह नै वास्तवमा सत्य पूजनीय छ, उसबाहेक अरु कोही पूज्य छैन । (ऊ) सधैं जीवित रहनेवाला र सबैलाई थाम्न सक्नेवाला छ । उसलाई न अल्छी लाग्छ न निद्रा आउँछ, जे जति आकाशमण्डलमा छन् र जे धरतीमा छ, सबै उसैको हो । को छ जसले उसको अनुमति बिना उसँग कसैको सिफारिश गर्न सकोस् । जे जति उनको अगाडि छ र जे जति तिनीहरूभन्दा अघि भइसकेको छ, उसलाई सबै थाहा छ, र तिनीहरूले उसको ज्ञानको केही अंशको पनि घेराबन्दी गर्न सक्दैनन्, हो उसले चाहेको हदसम्म मात्र । उसको कुर्सीले आकाशमण्डल र धरतीलाई घेरी राखेको छ र अल्लाहले उनको रक्षा गर्नुबाट थाक्दैन र नत दिक्क मान्छ । ऊ त सबैभन्दा ठूलो र सर्वोच्च छ ।