Iniciar sesión
Iniciar sesión
Iniciar sesión
Seleccionar idioma

At-Táuba 9:100 والسابقون الاولون من المهاجرين والانصار والذين اتبعوهم باحسان رضي الله عنهم ورضوا عنه واعد لهم جنات تجري تحتها الانهار خالدين فيها ابدا ذالك الفوز العظيم ١٠٠

Página 203 · Juz 11

وَٱلسَّٰبِقُونَ
ٱلۡأَوَّلُونَ
مِنَ
ٱلۡمُهَٰجِرِينَ
وَٱلۡأَنصَارِ
وَٱلَّذِينَ
ٱتَّبَعُوهُم
بِإِحۡسَٰنٖ
رَّضِيَ
ٱللَّهُ
عَنۡهُمۡ
وَرَضُواْ
عَنۡهُ
وَأَعَدَّ
لَهُمۡ
جَنَّٰتٖ
تَجۡرِي
تَحۡتَهَا
ٱلۡأَنۡهَٰرُ
خَٰلِدِينَ
فِيهَآ
أَبَدٗاۚ
ذَٰلِكَ
ٱلۡفَوۡزُ
ٱلۡعَظِيمُ
١٠٠
१००) र जो मुहाजिरहरू तथा अन्सारहरू (आप्रवासी तथा स्थानीय सहयोगी मानिस) सत्मार्गमा अग्रसरता देखाएका छन् र जसले साथमा रही तिनीहरूको अनुशरण गरे, अल्लाह तिनीहरूसित खुशी छ र तिनीहरू पनि अल्लाहसित प्रसन्न छन् तिनीहरूको निम्ति यस्ता बगैंचाहरू तयार छन् जसको तल नहरहरू बगिरहने छन् (तिनीहरू) सधैं त्यसमा बास गर्नेछन् । यही ठूलो सफलता हो ।
reading-goal:continue-reading

Leer q-and-a.tafsir

Ibn Kathir (Abridged)

Virtues of the Muhajirin, Ansar and Those Who followed Them in Faith

Allah mentions that He is pleased foremost with the Muhajirin, Ansar and those who followed them in faith, and that they are well-pleased with Him, for He has prepared for them the gardens of delight and eternal joy. Ash-Sha`bi said

…

Virtues of the Muhajirin, Ansar and Those Who followed Them in Faith

Allah mentions that He is pleased foremost with the Muhajirin, Ansar and those who

…
Ver tafsirs

Leer related-content

100. १००) र जो मुहाजिरहरू तथा अन्सारहरू (आप्रवासी तथा स्थानीय सहयोगी मानिस) सत्मार्गमा अग्रसरता देखाएका छन् र जसले साथमा रही तिनीहरूको अनुशरण गरे, अल्लाह तिनीहरूसित खुशी छ र तिनीहरू पनि अल्लाहसित प्रसन्न छन् तिनीहरूको निम्ति यस्ता बगैंचाहरू तयार छन् जसको तल नहरहरू बगिरहने छन् (तिनीहरू) सधैं त्यसमा बास गर्नेछन् । यही ठूलो सफलता हो । 101. १०१) र केही तिम्रा छरछिमेकका र केही मदीनाका बासिन्दाहरू पनि पाखण्डमा परेका छन् । तपाईंले तिनीहरूलाई जान्नुहुँदैन, हामीले तिनीहरूलाई जान्दछौं, हामीले तिनीहरूलाई दोब्बर सजाय दिनेछौं, अनि तिनीहरू झन् ठूलो सजायतिर लगिने छन् । 102. १०२) र केही अरु मानिसहरू छन् जसले कि आफ्ना त्रुटिहरू स्पष्टरूपले स्वीकार गर्दछन्, जसले असल र खराब दुवै किसिमका काम गरेका थिए । आशा छ कि अल्लाहले तिनीहरूको पश्चाताप स्वीकार गर्नेछ । निःसन्देह अल्लाह ठूलो क्षमादाता, दयावान् छ । 103. १०३) तिनीहरूको सम्पत्तिबाट तपाईंले सदका (दान) लिनुस् जसबाट तिनीहरूलाई तपार्इंले शुद्ध र पवित्र गरिदिनुस् र तिनीहरूको लागि प्रार्थना गर्नुस्, निःसन्देह तपार्इंको प्रार्थना तिनीहरूको सन्तुष्टिको श्रोत हो र अल्लाह धेरै सुन्नेवाला र जान्नेवाला छ । 104. १०४) के यिनीहरूलाई यो थाहा छैन कि अल्लाहले नै आफ्ना भक्तहरूबाट प्रायश्चित स्वीकार गर्दछ र उसैले दानहरू स्वीकार गर्दछ, र निःसन्देह अल्लाह नै प्रायश्चित स्वीकार गर्नेवाला र परम दयालु छ । 105. १०५) भनिदिनुस् कि तिमी सत्कर्म गर्दै जाऊ, अल्लाह र उसका रसूल र मोमिनहरू सबैले तिम्रा क्रियाकलाप हेर्नेछन् । र तिमीले दृश्य–अदृश्यको ज्ञातातर्फ अवश्य फर्काइनेछौ । अनि उसले जे जति गर्दै आएका छौ, त्यो सबै तिमीलाई बताउने छ । 106. १०६) र केही यस्ता छन् जसको मुद्दा अल्लाहको आदेश आउञ्जेलसम्म मुल्तवी छ, (उसले) चाहे तिनीहरूलाई सजाय देओस्, वा उनको प्रयाश्चित स्वीकार गरोस् र अल्लाह सर्वज्ञाता र तत्वदर्शी छ । 107. १०७) र तिनीहरूमध्ये केही यस्ता पनि छन् जसले कि यस उद्देश्यले मस्जिदको निर्माण गरे ताकि हानि पुर्याऊन् र कुफ्रको कुरा गरुन्, र मोमिनहरूमा कलह सृजना गरुन् र तिनीहरूको लागि साधन जुटाऊन् जसले अघि अल्लाह र उसका रसूलको विरोध गरिसकेछन् र किरिया खान्छन् कि हाम्रो उद्देश्य त मात्र भलो गर्नु थियो, तर अल्लाह साक्षी छ कि तिनीहरू झूठा छन् । 108. १०८) तपाईं त्यस (मस्जिद)मा कहिले पनि न उभिनु । त्यस बाहेक जुन मस्जिदको जग नै प्रारम्भदेखि अल्लाहको भक्तिमा आधारित छ, त्यो यस योग्य छ कि तपाईं त्यसमा गएर उभिनुस् । यसमा यस्ता मानिसहरू छन् जसले कि पवित्र रहन रुचाउँछन् ! र अल्लाहले पनि पवित्र रहनेहरूलाई प्रेम गर्दछ । 109. १०९) के त्यो मानिस जसले आफ्नो भवनको जग अल्लाहको भय र उसको प्रसन्नतामा राखेको छ, ऊ राम्रो हो वा त्यो राम्रो छ, जसले आफ्नो भवनको जग भत्कन लागेको भीरको छेउमा हाल्यो, जुन उसलाई लिएर नर्कको आगोमा ढलिहाल्छ र अल्लाहले यस्ता अपराधीहरूलाई मार्गदर्शन गर्दैन । 110. ११०) उनीहरूको यो भवन जुन तिनीहरूले निर्माण गरेका छन्, सधैं तिनीहरूको हृदयमा (काँडा बनेर) शंका र छटपटि उब्जाइराख्ने छ, जबसम्म तिनीहरूका मुटु छिया–छिया हुँदैनन् र अल्लाह सर्वज्ञ, तत्वदर्शी छ ।

- Ahl Al-Hadith Central Society of Nepal

reading-goal:continue-reading

Notas y Reflexiones.

reflection-not-available

Notes placeholders

Mantente conectado al Corán ❤️

Breves recordatorios significativos para reconectar, reflexionar y mantenerse conectado con el Corán.

Lea, escuche, busque y reflexione sobre el Corán

Quran.com es una plataforma confiable utilizada por millones de personas en todo el mundo para leer, buscar, escuchar y reflexionar sobre el Corán en varios idiomas. Ofrece traducciones, tafsir, recitaciones, traducción palabra por palabra y herramientas para un estudio más profundo, haciendo que el Corán sea accesible para todos.

Como Sadaqah Jariyah, Quran.com se dedica a ayudar a las personas a conectar profundamente con el Corán. Con el apoyo de Quran.Foundation , una organización sin fines de lucro 501(c)(3), Quran.com continúa creciendo como un recurso gratuito y valioso para todos, Alhamdulillah.

Navegar
Inicio
Radio Coránica
Recitadores
Sobre nosotros
Desarrolladores
Actualizaciones de productos
Retroalimentación
Ayuda
Donar
Nuestros Proyectos
Quran.com
Quran For Android
Quran iOS
QuranReflect.com
Quran.AI
Sunnah.com
Nuqayah.com
Legacy.Quran.com
Corpus.Quran.com
Proyectos sin fines de lucro adquiridos, administrados o patrocinados por Quran.Foundation
Enlaces populares
Súplicas del Corán
Versículo del Corán del día
Ayatul Kursi
Yasin
Al Mulk
Ar-Rahman
Al Waqiah
Al-Kahf
Al Muzzammil
Mapa del sitio webPrivacidadTérminos y condiciones
© 2026 Quran.com. Reservados todos los derechos
Contribuir