१४०) (हे यहूदी र ईसाई !) के तिमी यो भन्दछौ कि इब्राहीम, इस्माईल, इस्हाक, यअ्कूब र तिनका सन्तति यहूदी वा ईसाई थिए ? (हे मुहम्मद ! तिनीहरूसित) भनिदिनुस्, के तिमीहरू धेरै ज्ञानी छौं, कि अल्लाह ? अल्लाहको नजिक प्रमाण लुकाउने भन्दा बढी अन्यायी को हुन सक्दछ ? र तिमीहरू जे गरिराखेका छौ, त्यससित अल्लाह असावधान छैन ।